MENU

विज्ञान प्रविधि

Ncell Axiata

पोखरा र दमौलीमा एनसेलले सुरु गर्‍यो फोरजी सेवा

काठमाडौं, असार १७ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पोखरा र दमौलीमा चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा विस्तार गरेको छ ।

सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई शहर पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । एनसेलले शनिबारदेखि यी शहरमा फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको हो ।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक  रुपमा संचालनमा ल्याएको अबसरमा आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न÷डाउनलोड गर्न सकिने छ ।

एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ साथै ३० दिनसम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया