MENU

विचार/अनुभूति

बम समात्ने हवल्दारको हाइहाई, कमाण्डर गुमनाम ?

–  प्रहरी नायव निरीक्षक गोपाल शर्मा

 
प्रहरी सेवामा कर्तव्यनिष्ठ भएर मैले काम गरेको २२ वर्ष पुग्यो । २२ वर्षको अवधिमा धेरै आरोह अवरोह पार गरियो । यसमा मलाई गौरव नै छ । गुमाउने भन्दा पनि प्रहरी सेवामा प्रवेश गरेर मैले धेरै सफलता प्राप्त गरेको छु । देश र नागरिकको सेवा गर्न पाउँदा मलाई गर्व छ । 
२२ वर्षे प्रहरी सेवामा बिभिन्न ठाउँमा जिम्मेवारी सम्हाल्दै आफ्नो भूमिका कुशलतापूर्वक निभाईयो । आफ्नो भूमिका निभाउने क्रममा म स्थानीय तहको दोस्रो चरणको चुनावको सुरक्षाका लागि जाजरकोटबाट दाङ पुगेँ । मेरा कमाण्डरमा खटिएको प्रहरी टोलीको एक हवल्दारले बम समातेका थिए । उनको हाइ–हाई भयो । हुनु पनि पर्थ्यो । उहाँले ठूलो बहादुरी देखाउनुभएको हो । तर त्यस ठाउँको कमाण्डरको भूमिका निर्वाह गरेको म सई गोपाल शर्माको मानौं त्यहाँ कुनै भूमिका नभएजस्तो गरियो । यसमा मेरो केही गुनासो छ । 
 
दाङको तुलसीपुर नगरपालिका–३ स्थित अम्बास मतदान केन्द्रमा मेरो कमान्डमा १२ जनाको टोली चुनावी सुरक्षामा खटियो । मतदान स्थल, मतदान अधिकृत, मतपेटिकाको सुरक्षा गर्नु र त्यहाँस्थित आम मतदाताहरुलाई सुरक्षा दिनुपर्ने चुनौतीपूर्ण काम मेरो जिम्मामा थियो । 
 
आफूले रोजेको र खोजेको जनप्रतिनिधिलाई भोट हाल्न, डर त्रासरहित मतदानस्थल बनाउन र मतदानस्थलसम्म आउने बातावरण बनाउनु निकै चुनौतीपूर्ण थियो । 
 
म खटिएको मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील, बजारदेखि टाढा ग्रामीण भेग र चुनाव बहिष्कारवादी नेकपा विप्लव समूहका कार्यकर्ताहरुको जमघट र चलखेल हुने ठाउँ भनेर चिनिएको थियो ।
 
सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र भएकोले म स्वयं आफू पनि चुस्तदुरुस्त र मेरो मातहतका सुरक्षाकर्मीहरुलाई पनि चुस्त दुरुस्त, बिना लापरवाही हिसाबले ड्युटीमा खट्नुपर्ने आवश्यकता थियो । 
 
त्यसै अनुसार असार १४ गते मतदानस्थल वरपर आफू स्वयं र मातहतका सुरक्षाकर्मीहरुलाई ड्युटीमा परिचालित गरेको थिएँ । त्यसबेला मतदानस्थलको पश्चिम उत्तर क्षेत्रमा प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई ड्युटीमा खटाएको थिएँ । 
 
हवल्दार राना खटिएको स्थानमा नचिनेका मान्छेको समूहले चुनावका दिन बिहान साढे ९ बजे सुतली बम प्रहार गरेका थिए । ड्युटीमा तैनाथ हवल्दार रानाको सुरक्षा सतर्कता, चनाखोपन र साहसी कार्य गर्नुभयो । हवल्दार रानाले बमलाई टपक्क टिपेर मान्छेको भीड नभएको ठाउँमा फाल्दा जनधनको क्षति हुन पाएन । 
 
यो साहसिक कार्यको लागि प्रहरी हवल्दार राना सम्मान र कदरयोग्य अवश्य हुनुहुन्छ । सामाजिक सञ्जाल, पत्रपत्रिका सबैमा उहाँको वाहवाही र प्रशंसा हुनु र उहाँको नाम आउनु स्वभाविक हो । 
 
तर विडम्बना त्यस क्षेत्रको सुरक्षाको कमाण्डर सम्हालेको मेरो कुनै भूमिका नभएजस्तो देखाउन खोजियो । जबकी त्यहाँ कुनै अप्रिय घटना हुन पुगेको भए कमाण्डर कस्तो खालको कारबाही हुन्थ्यो होला ? यसको जवाफ कसले दिने ? अन्य सुरक्षाकर्मीले पनि त्यस ठाउँमा सुरक्षा दिएका थिए । उनीहरु सबै गुमनाम ? उनीहरुको भूमिका शून्य थियो त ?
 

यो पनि पढ्नुहोस्

 

बम समात्ने प्रहरीको सम्मानमा अबिर जात्रा, स्कूले केटाले फालेका थिए बम

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया