MENU

विज्ञान प्रविधि

Ncell Axiata

​सामसुङले ग्यालेक्सी नोट सेभेनकै पार्टपुर्जा नयाँ फोनमा हाल्ने, नोट सेभेनभन्दा सस्तो

असार, १९ – प्रमुख मोबाइल फोन निर्माता सामसुङले ग्यालेक्सी नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउँदै छ । ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले नोट सेभेनको उत्पादन बन्द गरेको थियो । नोट सेभेनको ब्याट्री पड्कने र आगलागीसम्म भएपछि सामसुङको ब्यापक आलोचना भएकोे थियो । 

सामसुङले नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरेर नोट फ्यान इडिसन नाममा नयाँ मोबाइल बजारमा ल्याउन लागेको हो । नयाँ मोबाइल वातावरण मैत्री भएको कम्पनीले बताएको छ । सामसुङले जुलाइ ७ बाट नोट फ्यान इडिसन कोरियन बजारमा ल्याउने जानकारी दिएको छ । यो मोबाइलको ब्याट्री सानो र सुरक्षित भएको कम्पनीले जनाएको छ । यो मोबाइल अमेरिकामा भने बिक्री हुनेछैन। 

बेलायतमा सामसुङ नोट सेभेन पड्किएपछि आगो लागेको कार 

ब्याट्रीमा समस्या र धेरै ठाउँमा दुर्घटना नै भएपछि सामसुङले बजारमा गइसकेको २५ लाख थान मोबाइल फिर्ता लिएको थियो । 

वातावरणविद्हरुले पुरानै पार्टपुर्जाहरु प्रयोग गरेर नयाँ मोबाइल बनाउन कम्पनीलाई दबाब दिएका थिए ।  उनीहरुले कम्पनीले ‘इ–वेस्ट’ व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएपछि कम्पनीले पुराना पार्टपुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउन लागेको हो । 

शुक्रबारबाट ४० लाख नोट फ्यान इडिसन बजारमा आउनेछ । यसको मूल्य नोट सेभेनको भन्दा ३० पतिशत सस्तो हुनेछ । कम्पनीका अनुसार नोट फ्यान इडिसनको मूल्य ६१५ अमेरिकी डलर हुनेछ । नोट फ्यान इडिसनको लन्चिङले गर्दा ग्यालेक्सी नोट एट् लिन चाहनेहरुले केही समय कुर्नुपर्ने छ । कम्पनीले यही वर्षको अन्त्यतिर नोट एट् बजारमा ल्याउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया