MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

ट्युबलाइटको व्यापार २०० करोड

असार, १९ – अपेक्षा अनुसार फिल्म नचलेको भएपनि कविर खानको निर्देशन र सलमान खानको निर्माण र अभिनय रहेको फिल्म ट्युबलाइटले बक्स अफिस कलेक्सनबाट २०० करोड हात पारेको छ । रिलिज भएको १० औं दिनसम्म चलचित्रले भारतमा १५२ करोड र विदेशबाट ४८ करोडको व्यापार गरेको छ । 

रिलिज हुनुपूर्व नै निकै चर्चामा रहेको ट्युबलाइटले बक्स अफिस कलेक्सनको रेकर्ड तोड्न भने असफल रह्यो । ट्युबलाइट, एयरलिफ्ट, जब तक हे जान, रुस्तम र सिंघम रिटन्र्सकै हाराहारीमा व्यापार गरेको बताइएको छ । 

तर ट्युबलाइटले २०१७ मा रिलिज भएका चलचित्रहरुमा ओपनिङ दिनमा २१ करोड कमाएर बाहुबली – २ पछि दोस्रो स्थानमा रह्यो । ट्युबलाइट हलिउड चलचित्र लिटल ब्वायकै रिमेक हो ।  

सन् १९६२ को भारत–चीन युद्धमा आधारित चलचित्र ट्युबलाइटमा बलिउडका लिेजेण्ड ओम पुरी, चिनियाँ कलाकार झु झु र बालकलाकार मतिन रेके मुख्य अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका ओम पुरीको गत जनवरीमा निधन भएको थियो । 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया