MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

काठमाडौं, असार २० – मोबाइल सेवा प्रदायक एनसेलले प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताका लागि म्याजिक भ्वाइस सेवा ल्याएको छ । ‘म्याजिक भ्वाइस’ सेवा अन्तर्गत एनसेलका सबै प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारसँग आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् ।

यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् ।

म्याजिक भ्वाइस सेवा सोमबारदेखि लागु भएको हो । दैनिक वा  साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया