MENU

साहित्य/ कला

Ncell Axiata

छिन्नलता गीत पुरस्कार आज वितरण गरिँदै

काठमाडौं, असार २० – छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७३ आज वितरण गरिँदैछ । यो वर्ष गीत रचनातर्फ गीतकार धनेन्द्र विमल, गायनतर्फ गायक शिशिर योगीलाई र संगीत रचनातर्फ संगीतकार टीका भण्डारीलाई पुरस्कार गरिँदैछ ।

छिन्नलता गीत पुरस्कार युवा नवप्रतिभातर्फ गायिका मीना पोखरेल निरौलालाई पुरस्कार प्रदान गरिनेछ । यस्तै छिन्नलता विशेष सम्मान गायक माधवलाल श्रेष्ठ र संगीतकार मणिकमल क्षत्रीलाई प्रदान गरिने छिन्नलत गीत पुरस्कार गुठीले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया