MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा मिसाइल प्रहार

असार २० – उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्नसक्ने क्षमताको मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्न सक्ने मिसाइल जापानको समुद्री क्षेत्रमा प्रक्षपण गरेको हो । जमिनमा आधारित मिसाइल प्योङयाङको हवाइ अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल ३७ मिनेटसम्म उडेपछि जापानको समुद्रमा खसेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डले जनाएको छ । जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले खतरा बढ्दै गएको स्पष्ट भएको बताएको छ । उत्तर कोरियाले पछिल्लो समय मिसाइल परीक्षणको क्रम बढाएको छ । यसले कोरियाली प्रायद्विपमा तनाव बढेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया