MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

उत्तर कोरियाको परमाणु क्षमता बढ्यो, अलास्कासम्म मार हान्न सक्नेः अमेरिका

असार २१ – उत्तर कोरियाले आफ्नो परमाणु क्षमता बढाउँदै लगेको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल अन्तर महादेशमा मार हान्न सक्ने क्षमताको रहेको पुष्टि गर्दै अमेरिकाले उत्तर कोरियाको परमाणु क्षमता बढेको बताएको हो । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमण विश्वका लागि खतरा बन्दै गएको बताउनुभएको छ । अमेरिकाले परमाणु हतियारसहितको उत्तर कोरिया स्वीकार नगर्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ । उत्तर कोरियाले मंगलबार आफूले पहिलो पटक अन्तरमहादेशीय मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । उत्तर कोरियाले अब अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने क्षमता बनाएको अमेरिकी अधिकारीले बताएका छन् । तर उत्तर कोरियाको मिसाइलले निशाना सही साँध्न भने नसक्ने विश्लेषकले बनाएका छन् । उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया