MENU

साहित्य/ कला

Ncell Axiata

ह्याप्पी बर्थ डे झमक !

काठमाडौं, असार २१ – बुधबार बिहान काठमाडौंको चुनदेवीस्थित एउटा घरमा सानो जमघट थियो । त्यो जमघटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलगायत मदन पुरस्कार विजेता लेखक झमक घिमिरेका नजिकका केही मान्छे थिए । 

‘डाक्टर साब, आजको दिन त अली हँसिलो अनुहार बनाउनु पर्‍यो  नि।’ जमघटमा उपस्थितको कुरा सुनेर साहित्यकार झमक मुसुक्क मुुस्काराउनुभयो । नेपाली साहित्यमा योगदान पुर्‍याएबापत मानार्थ विद्यावारिधी पाएकी झमक घिमिरेको अनुहार धपक्क बलेको थियो । सन्दर्भ थियोे, झमकको ३७औं जन्मदिनको । सानो जमघटमा मनाइएको जन्मोत्सवमा बेला बेला ठट्टा हुन्थ्यो अनि झमकको अनुहारमा चमक छाउँथ्यो ।

जब केक काट्ने समय आयो, झमकले बलिरहेको मैनबत्ती खुट्टाको सहाराले झिक्नुभयाे । उहाँको खुट्टामा मैनबत्तीले हल्का पोल्यो । राधिका शाक्यले कपडाले पुुछिदिनुभयो । झमकले खुट्टाका औंलामा चक्कु राख्नुभयो र केक काट्नुभयो उहाँलाई  उहाँकी आमाले केक खुवाइदिनु भयो । झमकले एउटा चम्चा मगाउनुभयो र खुट्टाकै सहाराले शाक्यलाई केक खुवाइदिनुभयो । केही समयको जमघट र रमाइलो पछि उहाँ आफ्नो कोठामा जानुभयो  । उहाँ मोबाइलमा आएका सन्देशको जवाफ दिन व्यस्त हुनुभयो।

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र जीवन काँडा कि फूलको आज ललितपुरको एक स्कुलमा प्रिमियर शो हुँदैछ । कार्यक्रममा झमकलाई सम्मान पनि गरिनेछ । कार्यक्रममा रास्ट्रकवि माधव घिमिरे तथा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया