MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

२० वर्ष पछिको स्थानीय चुनाव एमालेलाई फलिफाप

लक्ष्मण शर्मा /उज्यालो ।

पहिलो पटक व्यवस्था भएको स्थानीय सरकारको नेतृत्वमा आफ्नो गतिलो उपस्थिति जनाउने हरेक दल र उम्मेदवारको संकल्प थियो । यस्तोमा नेकपा एमाले भाग्यमानी सावित भएको छ । पहिलो संविधानसभा चुनावमा तेस्रो, दोस्रो पटक भएको संविधानसभा चुनावमा दोस्रो भएको नेकपा एमाले संविधान निर्माणपछि भएको पहिलो पटकको स्थानीय चुनावमा पहिलो पार्टीको होडमा अगाडि बढेको छ । 

पहिलो चरणका २ सय ८३ तहमध्ये १ सय २५ स्थानमा विजयी भएर पहिलो पार्टी भएको एमालेले दोस्रो चरण चुनावमा पनि पहिलो हुने संकेत देखाइसकेको छ । 

दोस्रो चरण चुनावको दौरान नेपालमा दुईवटा सरकार परिवर्तन भए । यसमा कुनै पनि सरकारमा एमाले सहभागी भएको छैन । सरकार  बाहिर रहेर चुनावमा भाग लिएको एमालेले महानगर, उपमहानगरमा आफ्नो बलियो उपस्थिति त देखाएको छ नै । बिभिन्न पार्टीका गढ मानिएका क्षेत्रमा पनि आफूलाई सफल साबित गरेको छ । स्थानीय तहको चुनावमा एमालेलाई  मतदाताले किन विश्वास गरे त ?

१) भारतले गरेको नाकाबन्दीको समयमा त्यसको खुलेर बिरोध र डटेर सामाना गरेर राष्ट्रियतालाई उचो बनाएको आम नागरिकको बुझाइ हुनु । 

२) नौ महिने सरकारको समयमा एमालेले घोषणा गरेका लोकप्रिय योजनाहरु । (एमाले नेतृत्व सरकारले घोषणा गरेका कार्यक्रम कार्यान्वयन नहुँदै सरकार परिवर्तन भएको थियो जसले गर्दा पनि नागरिकमा सकारात्मक प्रभाव परेको देखिन्छ ) 

३) एमालेका अध्यक्ष केपी शर्मा ओलीको अडान र सफल नेतृत्व । 

४) एमालेको बृद्धभत्ता नारा ।

५) स्थानीय चुनावमा यूवा पुस्तालाई अवसर । 

एमालेलाई भाग्यको पनि साथ 

चुनावको बेला केही रोचक र आश्चर्यजनक नतिजा पनि आउने गर्छ । बराबरी या एक, दुई मतान्तरले जित्नुलाई धेरैले भाग्यसँग तुलना गर्छन् । भाग्यको खेलमा पनि एमाले सफल भयो । झापाको कमल गाउँपालिकाको अध्यक्षमा गोलाप्रथाबाट नेकपा एमालेकी मेनुका काफ्ले विजयी हुनुभएको छ । काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबर ८ हजार २ सय ७५ मत आएको थियो । त्यसपछि निर्वाचन ऐन अनुसार गोलाप्रथा गर्दा काफ्ले विजयी हुनुभएको हो । 

अछामको चौरापार्टी गाउँपालिका अध्यक्ष र बझाङको खप्तडछात्रा गाउँपालिकामा पनि एमालेका उम्मेदवार एक मतले निकटतम पार्टीका उम्मेदवारलाई पराजित गरेर विजयी भए । करिब २० ठाउँमा एमालेले निकटतम पार्टीका उम्मेदवारलाई ५० मत भन्दा कम मतले पराजित गरेको छ । त्यसो त केही ठाउँमा एमालेका उम्मेदवार झिनो मतले पराजित पनि भएका छन् ।

मधेसमा पनि एमाले अब्बल 

चुनावी प्रचारको क्रममा एमालेलाई बिभिन्न राजनीतिक दलहरुले मधेस बिरोधी पार्टीको रुपमा पनि प्रचार गरे । मधेस केन्द्रित दलहरुले अझै पनि एमालेलाई मधेसको सवालमा गम्भीर नहुने पार्टीको रुपमा चित्रित गर्दै आएका छन् ।

तर मधेसका नागरिकले त्यसलाई पूर्ण रुपमा स्वीकार गरेनन र दोस्रो चरणको स्थानीय तह चुनावमा एमालेले मधेसमा राम्रै जित हासिल गरेको छ । मधेसी समुदायको बहुल क्षेत्रमा पनि एमाले विजयी हुनुले पनि एमालेलाई मधेस बिरोधी पार्टीको रुपमा नहेरेको कुरा स्पष्ट भएको छ । 

नागरिकको विश्वासलाई एमालेले न्याय गरोस् 

कारण जुनसुकै होस एमाले नागरिकको विश्वास जितेर स्थानीय तह चुनावमा पहिलो पार्टीको रुपमा उदाउने होडमा छ । नयाँ संरचना अनुसार बनेका स्थानीय निकायमा विकासको लागि पर्याप्त सम्भावना छन् । स्थानीय स्रोत र साधनको स्थानीय स्तरमै उपयोग र स्थानीय तहका हरेक तहमा नागरिकको सहभागिता संविधानले व्यबस्था गरेको छ ।

यसको धारमा नागरिकलाई सँगसँगै लिएर स्थानीय निकायका सबै प्रतिनिधीले नागरिकको विश्वासलाई कायम गर्नु र नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउनु हरेक प्रतिनिधीको चुनौती रहेको छ । स्थानीय चुनावमा पहिलो पार्टी हुने दौडमा सफल हुन लागेको एमालेको काँधमा झन् ठूलो जिम्मेवारी थपिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

    प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला ।

  • दसैंमा परदेशीको चिठी

    आमाको कपाल ढकमक्क फुलिसक्यो होला । बुवाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुवालाई घर व्यवहार चलाउन गाह्रो परेको छ होला । छोराले भनेजस्तो पैसा पठाएन भनेर मनले थकथकी मान्दै होला । सोच्नु हुँदो हो, अनि कहिलेकाहीँ त मेरो फोटो सुम्सुम्याउँदै भन्नुहुँदो हो यस्तै मात्र पैसा कमाउने भए विदेश नगएको भएपनि त हुन्थ्यो नि नाथु !

  • २ नम्बर प्रदेश समीक्षा : कांग्रेस पहिलो निश्चित, फोरमलाई प्रचण्डको सक्रियताले धोका !

    दुई नम्बर प्रदेशको स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ । अहिलेसम्मको मतपरिणामले दुई नम्बर प्रदेशमा प्रतिष्पर्धामा उत्रेका मुख्य ६ दल कोही पनि उत्साहित हुन सकेका छैनन् । दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित देखिएको छ भने बाँकी स्थानका लागि दलहरुबिच प्रतिस्पर्धा भइरहेको छ ।

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया