MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

आईएस ‘मृत्युसँग संघर्ष’ गर्दै

असार २१ – इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग संघर्ष’ गरिरहेको मोसुलको सेनाले जनाएको छ  ।इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी अल–असादीका अनुसार आफ्नो सेना विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र टिग्रीस नदीभन्दा झण्डै २५० मिटर टाढा पुगेको छ । सेनाले एक दिन पहिले आईएसद्वारा आश्रयस्थल बनाउँदै आएको एउटा अस्पताल परिसरलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 

अल असादीले मोसुलमा आईएससँगको अन्तिम लडाईमा केही आत्मघाती बम हमलाको सामना गरिरहेको बताउँदै लडाई अझै सशक्त हुनसक्ने आँकलन गरिएको बताउनुभयो । 

इराकी सेनाले २०१६ को अक्टुबरमा इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसको नियन्त्रणबाट फिर्ता लिन सैन्य कारबाही सुरुगरी निरन्तर लड्दै आएको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया