MENU

अर्थ

Ncell Axiata

कोरियन वनको मूल्य निरन्तर कमजोर हुँदै, दिनार, रियाल, रिंगिट, दिर्हामको मूल्य स्थिर

काठमाडौं, असार २३ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५५ पैसा र विक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३७ र विक्रिदर २८ रुपैयाँ ५४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०४  र विक्रिदर २४ रुपैयाँ १८ पैसा रहेको छ ।

 कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९२ पैसा र विक्रिदर ८ रुपैयाँ ९७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ४० रुपैयाँ ६७ पैसा छ भने विक्रिदर तीन सय ४२ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ८९ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया