MENU

मनोरञ्जन

Ncell Axiata
sagun

​बहुप्रतिक्षित नेपाली चलचित्र ‘धनपति’ सिनेमा घरमा

काठमाडौं, असार २३ – बहुप्रतिक्षित नेपाली चलचित्र ‘धनपति’ शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । ‘पशुपतिप्रसाद’ चलचित्रले नेपाली चलचित्र इतिहासमा अलग धारको चलचित्रको रुपमा आफूलाई उभ्याएको थियो । दर्शकको  राम्रो प्रशंसा बटुलेको चलचित्र पशुपतिप्रसादले बक्स अफिसमा पनि राम्रै उपस्थिति जनाएको थियो ।  

‘पशुपतिप्रसाद’ बनाउने समूहकै निमार्ण रहेको ‘धनपति’ ले पनि बक्स अफिसमा राम्रै कलेक्सन हात पार्ने अपेक्षा गरिएको छ । 
दिपेन्द्र के. खनालको निर्देशन रहेको यस चलचित्रको कथा चलचित्रका प्रमुख कलाकार खगेन्द्र लामिछाने लै लेखेका हुन् । रंगमंचबाट नेपाली रजतपटमा प्रवेश गरेका लामिछाने कथा लेखनमा पनि बेजोड मानिन्छन्  । ‘फूलानी’ कथासंग्रह प्रकाशन गरिसकेका लामिछानेले पशुपतिप्रसादमा गरेको अभिनय दर्शकले अत्यन्तै मन पराएका थिए । 

चलचित्रमा गाउँबाट सहर पसेको एउटा मध्यमवर्गीय परिवारको संघर्षको कथालाई पस्तुत गरिएको छ । चलचित्रका प्रमुख पात्र धनपति (खगेन्द्र) आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र अलिकति पैसा कमाउन राजनीतिमा संलग्न हुन्छन् ।  चलचित्रमा राजनीतिमा इमान्दार व्यक्तिहरु कसरी राजनैतिक नेतृत्वबाट प्रयोग गरिन्छन् भन्ने कुरा देखाइएको छ । 

रोजिना सिटौलाको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछानेसहित सुरक्षा पन्त, अाशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, रवि गिरी, कमल देवकोटालगायतको अभिनय रहेको छ । चलचित्रमा आधा सुरको संगीत रहेको छ भने सिनेमाटोग्राफी दिपेन्द्र के. खनालकै रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया