MENU

अर्थ

Ncell Axiata
sagun

​विनियोजन विधेयकमाथिको छलफल सकियो, २७ गते बजेट पारित हुने

काठमाडौं, असार २३ – व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४/७५ का लागि मन्त्रालयगत रुपमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ । चार दिनदेखि चलेको छलफलमा शुक्रबार विज्ञान प्रविधि, शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, शहरी तथा गरिबी निवारण, सामान्य प्रशासन, सिंचाई, सूचना तथा संचार र स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भएको थियो । 

शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकमाथिको छलफल पनि सकिएको छ ।मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि २७ गते बजेट पारित गर्ने तयारी छ । 

जवाफ दिनका लागि २५, २६ र २७ गते समय तोकिएको छ । मन्त्रीपरिषद विस्तार नभएको र अधिकांश मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले चलाएकाले उहाँले नै जवाफ दिनुपर्ने संसद सचिवालयले जनाएको छ । विभागीय मन्त्री नहुँदा बजेटमाथिको छलफलमा निक्कै थोरै सांसदहरुले मात्र भाग लिएका छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया