MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

ट्रम्प र पुटिनबिच पहिलो पटक प्रत्यक्ष भेटवार्ता

असार २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गएको नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता गरेका छन् । ट्रम्प र पुटिनबिच राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा यस विषयमा छलफल भएको हो । ट्रम्प र पुटिनबिच जी–ट्वेन्टी सम्मेलनको क्रममा भेट भएको हो । ट्रम्प र पुटिनबिचको वार्ता निकै मजबुद रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले बताउनुभयो । वार्ताको क्रममा पुटिनले रुसले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताउनुभयो । तर कुनै निकर्षमा भने पुगि नसकेको अमेरिकी विदेश मन्त्री टिल्लर्सनको भनाई छ ।

झण्डै दुई घण्टा १५ मिनेट लामो भेटवार्ताको क्रममा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । रुसमाथि अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउने गरी प्रभाव पारेको आरोप लाग्दै आएको छ । रुस र ट्रम्पले यो आरोप अस्वीकार गर्दै आउनुभएको छ । तर अमेरिकी गुप्तचर नियकाले भने यस विषयमा केही प्रमाण फेला परेको र आफूहरुले यसमा अनुसन्धान गरिरहेको बताउने गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया