MENU

खेल

Ncell Axiata
chhaka panja

विम्बल्डन टेनिसः मुर्रे र नाडाल अन्तिम १६ मा

असार २४ – विश्व नम्बर एक एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । मुर्रेले फोग्निनीलाई ६–२, ४–६, ६–१ र ७–५ को सेटमा हराएका हुन् । यस्तै दुई पटकका विजेता स्पेनिस नाडालले रुसका कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् । नाडालले खाचानोभलाई ६–१, ६–४ र ७–६ को सेटमा हराएका हुन् । नवौं बरियताका जापानी केइ निशिकोरी भने प्रतियोगिताबाट बाहिरिएका छन् । स्पेनका रोबर्टो बाउटिस्टासँग पराजित भएपछि निशिकोरी बाहिरिएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया