MENU

खेल

Ncell Axiata
chhaka panja

मेस्सीले जेल नजान २ करोड ९६ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने

असार २४ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने २१ महिनाको जेल सजायको सट्टा जरिवाना तिरे हुने भएको छ । स्पेनको अदालतले जेल सजायको सट्टा जरिवाना तिरे हुने फैसला गरेको हो । मेस्सीले एक दिनको जेल सजायको सछ्छा चार सय युरोका दरले जम्मा दुई लाख ५२ हजार युरो (दुई करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको हो । गएको वर्षको जुलाईमा स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर गर्दै मेस्सीलाई २१ महिना र उनका पितालाई १५ महिनाको जेल सजाय तोकेको थियो । मेस्सी र उनका पिता जर्ज सन् २००७ देखि २००९ सम्ममा कर छली गरेको आरोपमा दोषी पाइएका हुन् । मेस्सीका पिताले जले सजाय बापत एक लाख ८० हजार युरो तिर्नु पर्ने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया