MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

सिरियामा युद्धविराम गर्न अमेरिका, रुस र जोर्डन सहमत

असार २४ – अमेरिका, रुस र जोर्डन सिरियामा युद्धविराम लागु गर्न सहमत भएका छन् । जी–ट्वेन्टी सम्मेलनको क्रममा तीन देश सिरियाको दक्षिण पश्चिमी क्षेत्रमा युद्धविराम लागु गर्न सहमत भएका हुन् । जर्मनीको ह्यामबर्गमा भइरहेको जी–ट्वेन्टी सम्मेलनको क्रममा अमेरिका र रुस सिरिया युद्धको विषयमा सहमतिमा पुगेका हुन् । युद्धविराम आउँदो आइतबारदेखि लागु हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको भेटवार्तापछि सिरियामा युद्धविराम गर्ने विषयमा सहमति भएको घोषणा गरिएको हो ।

सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा ट्रम्प र पुटिनले सिरिया युद्धसहितका विभिन्न विषयमा छलफल गरेको बिबिसीले जनाएको छ । 

सिरियामा सन् २०११ देखि सुरु भएको युद्धको क्रममा अहिलेसम्म तीन लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यस्तै युद्धका कारण ५५ लाख सिरियाले देश छोडेका छन् । यसैगरी ६३ लाख मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ ।

रुस र अमेरिकाले सिरियाका दुई पक्षलाई समर्थन गर्दै आएका छन् । रुसले सिरियाली राष्ट्रपति बसर अल असद तथा अमेरिकाले असदको विपक्षमा रहेको समूहलाई सहयोग गर्दै आएको छ । यसकारण दुई देशबिच तनाव बढेको थियो । अब सहमति भएपछि सिरिया युद्ध समाधान हुने आशा गर्न सकिने विश्लेषकले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया