MENU

मनोरञ्जन

Ncell Axiata

रेडियोका सेलिब्रेटी दिलु गन्धर्वः खड्का भए पनि गन्धर्ब प्यारो

काठमाडौं, असार २३ – केही वर्ष पहिले बिबिसी नेपाली सेवाको ‘कथा मिठो सारंगीको’ रेडियो नाटक धेरैले सुनेको हुनुपर्छ । जतिले सुनेका छन्, उनीहरुले दिलु गन्धर्बलाई झट्ट सम्झेको पनि हुनुपर्छ । तिनै दिलु गन्धर्ब अब नेपाली सिनेमा ‘नाका’ मा देखिने भएका छन् । कलाकार विपिन कार्कीसँगै उनले अभिनय गरेको सिनेमा ‘नाका’ यतिबेला सुटिङ सकिएर प्राविधिक कामको चरणमा रहेको छ । अनुप बरालसँग अभिनय सिकेका दिलु गन्धर्वले आधा दर्जन बढी नाटकमा अभिनय पनि गरिसकेका छन् । सामान्य र सरल स्वभावका दिलुको वास्तविक नाम भने प्रकाश गन्धर्व हो । उनी रेडियो नाटकबाटै धेरैको मनमुटुमा बस्न सफल भएका एक सेलिब्रेटी पनि हुन । तिनै प्रकाश गन्धर्व अर्थात दिलुका व्यक्तिगत केही रोचक जानकारीहरु आज हामी प्रस्तुत गर्दै छौँ । 

खड्का हुन् दिलु, तर गन्धर्व प्यारो 

दिलुको जन्म गुल्मीमा भए पनि मामा घर पोखरामा हुर्किए । खासमा उनका बुवा लाहुरे हुन् भने थर खड्का क्षेत्री । अन्तरजातीय विवाह थियो दिलुका बुवा आमाको । आमा गन्धर्व भएकै कारण समाजले तल्लो जातसँग बिहे गर्न हुन्न भनेर आमा बुवालाई छुटाई दिएका थिए । यसको चपेटामा प्रकाश ‘दिलु’ परे ।

उनी पोखरा मामाघरमा हुर्किए र सारंगी बजाउन सिके । बुवासँगको सम्बन्ध नराम्रो भएकै कारण उनले आफ्नो नामको पछाडि आमाको थर झुन्ड्याए । गन्धर्व नै किन राख्नुभयो ? जवाफमा दिलु भन्छन्,  ‘यो त सबैले पाउँदैन । गन्धर्व बन्नु भनेको सारंगीसँग खेल्नु हो । सारंगी बजाउने रहर सबैको भए पनि कमैले त्यो मौका पाउँछन्  । म गन्धर्व हुँ भन्न पाउँदा गर्वको अनुभूति पनि हुन्छ ।’ 

काम गरेर खा भन्छन् मान्छे 

दिलुले ‘कथा मीठो सारंगीको रेडियो नाटक तयार गर्दा होस् या गीत गाउँदा, उनी देशका अधिकांश ठाउँमा पुगेका छन् । उनी कथा मीठो सारंगीमा आवद्ध हुनुअघि गाउँ–गाउँमा गीत गाउँदै हिँड्थे । हुन त अहिले पनि मौका पाउने बित्तिकै उनी गाउँ छिर्छन । ‘गाउँमा जानुको मुख्य उद्देश्य भनेको समाज बुझ्नु हो । ज्ञान लिनु हो । तर सारंगी बजाएर पैसा मागेको भन्दै गाली गर्नेहरु थुप्रै भेटेको दिलुको अनुभव छ । ‘यत्रो ज्यान छ काम गरेर खा, मागेर हिड्न लाज लाग्दैन ? उनीहरु यसरी मलाई हकार्छन् । तर मलाई त्यो सामान्य लाग्छ, दिलु भन्छन् ।’ उनी अगाडि थप्छन्, ‘अझै पनि घर भित्र छिर्न दिँदैनन् । बाहिर बस् भन्छन् । अलि दुःख लाग्छ ।’ 

कुखुराको भाले र खसी विजेता दिलु

दिलु गन्धर्व कास्की जिल्लाको पोखरामै हुर्के बढे भने उनले जानेको कलाले उनलाई त्यो ठाउँमा थोरबहुत नाम र दाम दिएको थियो । उनले कास्कीको धम्पुसमा धेरै पटक लोकदोहोरी गीत गाएर बाजी जितेका थिए । जितसँगै उनले कयौं पटक कुखुराको भाले र खसीसमेत पुरस्कार समेत पाएका थिए । उनको चर्चा चलिरहँदा पोखरामा बिबिसीको कथा मीठो सारंगीको टिम नाटकका लागि युवा गन्धर्व खोज्दै पुगेका थिए ।

त्यहीबेला उनको भेट खगेन्द्र लामिछाने र टिमका अन्य साथीहरुसँग भयो ।  त्यसपछि उनको जीवनले नयाँ मोड लियो भने उनी प्रकाश गन्धर्वबाट दिलु गन्धर्व भए । उनले रेडियो नाटकबाटै लाखाैं श्रोता प्रशंसक कमाएका छन् । एक हिसावले भन्ने हो भने उनी रेडियोबाट जन्मेका एउटा सेलिब्रेटी हुन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया