MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अस्थायी गर्भनिरोधक साधनको प्रभावकारिता ७५ प्रतिशत मात्रै

असार २४ – महिलाले अस्थायी गर्भनिरोधका लागि प्रयोग गर्ने साधनको प्रभावकारिता ७५ प्रतिशत मात्रै हुने गरेको देखिएको छ । बेलायतमा गरिएको अध्ययनमा छोटो तथा लामो समयका लागि अस्थायी गर्भनिरोधका साधन प्रयोग गरेका महिला पनि गर्भवति भएको देखिएको हो । बेलायतमा सन् २०१६ मा गर्भपतना गराएका महिला मध्ये १४ हजार भन्दा धेरै गर्भनिरोधका अस्थायी साधन प्रयोग गरिरहेका महिला रहेको बेलायतको गर्भवति परामर्श सेवा (बिपिएएसी) ले जनाएको छ । गर्भनिरोधक साधान प्रयोग गरेका मध्ये एक चौथाइ महिला गर्भवति हुने गरेको देखिएको बिपिएएसले जनाएको छ । कुनै पनि अस्थायी गर्भनिरोधक साधनको प्रभावकारिता अहिलेसम्म शतप्रतिशत भएको छैन । तर पनि पछिल्लो समय अस्थायी साधानको प्रभावकारित कम हुँदै गएको देखिएको छ । गर्भनिरोधका लागि प्रयोग गरिने पिल्सको प्रभावकारिता ९१ तथा कण्डमको प्रभावकारिता ८२ प्रतिशत रहने गरेको छ । छोटो समय भन्दा लामो समयका लागि हुने खालका अस्थायी गर्भनिरोधक साधनको प्रभावकारित बढी हुने गरेको देखिएको अनुसन्धानकर्ताले बताएका छन् । महिलाले अस्थायी गर्भनिरोधका लागि प्रयोग गर्ने मध्ये खाने चक्की पिल्स सबैभन्दा बढी प्रयोगमा छ । त्यसपछि इमप्लान्ट र पुरुष साथीलाई कण्डम प्रयोग गर्न लगाउने रहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया