MENU

खेल

Ncell Axiata
USAID

लुकाकु म्यानचेस्टर युनाइटेड आउने, चेल्सीले सकेन

असार २४ – रामेलु लुकाकु म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । म्यानचेस्टर युनाइटेडले लुकाकुका लागि एभर्टनलाई सात करोड ५० लाख पाउण्ड स्ट्रलिङ दिने सहमति गरेपछि लुकाकु युनाइटेड आउने पक्का भएको हो । बेल्जियमका २४ वर्षे लुकाकुले अनुबन्धका लागि युनाइटेडमा स्वास्थ्य परीक्षण गर्ने तय पनि भएको बिबिसीले जनाएको छ । लुकाकुको अनुबन्धका विषयमा भएको सहमतिमले क्लब उत्साहित भएको युनाइटेडले जनाएको छ । अब स्वास्थ्य परीक्षण र व्यक्तिगत सहमतिका विषय बाँकी रहेको छ । लुकाकुलाई क्लब भित्र्याउन उनकै पूर्व क्लब चेल्सीले पनि सात करोड ५० लाख पाउण्डको प्रस्ताव गरेको थियो । तर चेल्सी यसमा सफल हुन सकेन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया