MENU

खेल

Ncell Axiata
sagun

​परेवा उडाउने प्रतियोगिता, गोरख शम्शेर राणा भए प्रथम


भक्तपुर, असार २४ – १८ औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधी काठमाडौं ठमेलका गोरख शम्शेर राणाले जितेका छन् ।  नेपाल परेवा उडान खेल संघले आयोजना गरेको प्रतियोगितामा राणाका उडाएको पाँच वटा परेवाले २८ घण्टा आठ मिनेट उडान गरी प्रथम भएको हो । गएको दुई महिनादेखि भएको प्रतियोगिताको शनिबार भक्तपुरमा भएको समापन एवं पुरस्कार वितरण कार्यक्रममा चार लाख मूल्य बराबरको केयुर रनिङ शिल्डको उपाधी राणालई प्रदान गरिएको छ ।

प्रतियोगितामा काठमाडौं ठमेलका रविन्द्र महर्जनले कुल २१ घण्टा ४३ मिनेट परेवा उडाएर दोश्रो भए भने ठमेलकै पुष्प महर्जनले २१ घण्टा ३१ मिनेट परेवा उडाएर तेश्रो भए ।  प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका गरी ३७ जना प्रतियोगी परेवासहित सहभागी भएका थिए ।  यसअघिका प्रतियोगितामा भक्तपुर कौशल्टारका विनोद कुटु, भक्तपुरकै मधु घिमिरे र गोरख शम्शेरले एक एक पटक केयुर रनिङ शिल्डको उपाधी हात पारेका थिए । यो शिल्ड आफूसंग राख्न प्रतियोगिको उपाधी तीन वर्ष जित्नु पर्ने हुन्छ । 

त्यसैगरि गएको वर्ष स्थापना गरिएको बिष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि भक्तपुर बोडेका संजय था श्रेष्ठले हात पारेका छन् भने उत्कृष्ट परेवाको उपाधी पनि संजयले नै हात पारेका थिए । उनको चिनी परेवा ८ घण्टा ३९ मिनट उडेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले विजयी सहभागीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा टाउके, चिनी, तुनियां, कास्नी, काभरा लगायत जातका परेवाहरु उडाइएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया