MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

जी–२०ः अमेरिका जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा असहमत

असार २५ – विश्वका विकसित देशहरुको सम्मेलन जी–ट्वेन्टीमा अमेरिकाका कारण जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहमति जुट्न सकेन । अमेरिका बाहेकका १९ देशले सन् २०१५ मा पेरिसमा भएको सम्झौता प्रति आफ्नो निष्ठा दोहोर्‍याउँदै त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए । तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी–ट्वेन्टी सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन ।

जलवायु परिवर्तन हल्ला मात्रै रहेको बताउँदै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ । जर्मनीको ह्यामबर्गमा भएको जी–ट्वेन्टी सम्मेलनको अन्तिम दिन शनिबार सहमतिमा पुग्ने लामो प्रयास भएपनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्ने सम्बन्धी प्रतिबद्धता दोहोर्‍याए भने अमेरिका बाहिरियो । अमेरिकाको सम्झौताबाट बाहिरिने निर्णयलाई अरु देशले स्वीकृति दिएका हुन् ।

ह्यामबर्ग जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा प्रतिबद्धता जनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णय आफूहरुले स्वीकार गरेको उल्लेख गरिएको छ ।

तर सम्मेलनमा सहभागी नेताहरु पेरिस जलवायु सम्झौता परिवर्तन गर्न नसकिने र विश्वको तापक्रम वृद्धि चुनौतिपूर्ण रहेको स्वीकार गरिएको छ । यस्तै अमेरिकाले अरु देशलाई इन्धनको प्रयोग स्वभ्छ रुपले गर्न सहयोग गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हल्ला मात्रै रहेको भन्दै अमेरिकामा बन्द अवस्थामा रहेका काइला खानी फेरि सञ्चालनमा ल्याउने बताइ सक्नुभएको छ । यस्तै पेरिस सम्झौता अमेरिकी कामदारका लागि घातक रहेको पनि बताउँदै आउनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

  • खडेरीमा पनि धानका बाला झुल्छन्, बुद्धि पुर्‍याउनुस्

    यसपाली कतै बेलैमा पानी परेकोले धान रोप्ने काम सकिएकोछ, कतै धमाधम रोपाइँ भैरहेको छ । तर कतै भने खडेरीका कारण अझै पनि धान रोप्ने काम सुरु भएको छैन।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया