MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

दार्जिलिङ आन्दोलनः गोली लागेर एकजनाको मृत्यु

असार २५ – भारतको दार्जिलिङमा भाषा आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । गोरखा जनमुक्ति मोर्चाले आफ्ना एक कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएको पुष्टि गरेको छ । औषधि किनेर घर फर्किँदै गरेका बेला ति व्यक्तिमाथि गोली लागेको गोरखा जनमुक्ति मोर्चाले जनाएको छ । दार्जिलिङको सोनादा क्षेत्रमा रहेको प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाएको हो । प्रहरीले भने प्रदर्शनले उग्ररुप लिएकाले गोली चलाएको दाबी गरेको छ । दार्जिलिङमा गोरखा ल्याण्डको माग गर्दै अहिले भाषा आन्दोलन भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया