MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारत–पाकिस्तान तनावः नियन्त्रण रेखामा गोली चल्दा ७ जनाको मृत्यु

असार २५ – भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । शनिबार भएको गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ । यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला शनिबार नियन्त्रण रेखामा गोली चलेको हो । काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएको छ । त्यसक्रममा धेरै घाइते भएका छन् । घाइते हुनेमा तीन सुरक्षाकर्मी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया