MENU

बातावरण-कृषि

Ncell Axiata

कालो सुन भनेर चिनिने अलैंचीको भाउ ओरालो लाग्यो, किसानमा उत्साह घट्यो

सुबास दर्नाल/उज्यालो । 

सोलुखुम्बु, असार २५ – असारको पहिलो हप्तादेखि अलैंची रोप्ने उपयुक्त समय भए पनि यो वर्ष सोलुखुम्बुको लिखुपिके क्षेत्रका अलैंची किसानमा नयाँ बिरुवा थप्ने जाँगर चलेको छैन । कालो सुन भनेर चिनिने अलैंचीबाट आम्दानी लिँदै आएका किसान गएको वर्ष देखि भाउ निरन्तर ओरालो लागेपछि निराश बनेका हुन् । 

पुरानो बगान र बिरुवामा रोग देखा पर्नुको साथै बजार भाउ समेत निरन्तर ओरालो लाग्दै  गएपछि अहिले किसान अलैँची खेति विस्तार नगर्ने निर्णयमा पुगेको  लिखुपिके गाउँपालिका–२ का अलैंची किसान बालकुमार खत्रीले बताउनुभयो ।

अलैंची खेती गर्ने किसानले कृषि विकास कार्यालयले नयाँ प्रशोधित जातका अलैंचीको बेर्ना उपलब्ध गराए किसानलाई राहत मिल्ने आशा राखेका छन् । लिखु पिके गाउँपालिका–३ का वीरधोज बस्नेतले नयाँ जातका अलैंचीको बेर्ना पाएमा उत्पादनमा सुधार आउने आशा व्यक्त गर्नुभयोे ।

अघिल्लो वर्ष प्रतिकिलो २ हजार ५ सयमा मा बिक्री भएको अलैंची यो वर्ष प्रतिकिलो १ हजार भन्दा माथि जान नसक्दा किसानहरु थप निरुत्साहित भएका छन् । अन्य खेतीपातीलाई समेत बेवस्ता गर्दै अलैंची खेती तर्फ हौसिएका लिखुपिके क्षेत्रका किसान निरन्तर भाउ ओरालो लागेपछि चिन्तित बनेका हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया