MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

​असार बित्न लाग्दा तेह्रथुममा ३५ प्रतिशत मात्रै रोपाइँ

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असार २५ – स्थानीय चुनाव र आधा असारसम्म लागेको खडेरीले जिल्लामा धान रोपाइँ प्रभावित भएको छ । किसानले असार तेस्रो हप्तासम्म पनि पर्याप्त धान रोप्न सकेका छैनन् । पर्याप्त पानी नपर्दा सिँचाइको समस्या भएको र चुनावका कारण केही दिन अलमल पनि भएकाले धान रोपाइँ ढिलाई भएको किसानले बताएका छन् ।

असार बित्न लाग्दा पनि ३५ प्रतिशत मात्रै रोपाइँ भएकोे वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । ‘मौषम र माटोका आधारमा यहाँ अहिले ६० प्रतिशत बढी रोपाइँ सकिनुपर्थ्यो, तर यसपालि चाहिएको समयमा पानी पनि परेन, चुनावले पनि किसान अलमलिए’ उहाँले भन्नुभयो ।

खडेरी र चुनावले धान रोपाइँ प्रभावित भएको उनले बताउनुभयो । जिल्लाका उच्च तथा लेकाली क्षेत्रमा यतिबेला धान रोपाइँ सकिसक्नु पर्ने थियो । तर अझै पनि पानी अभावले कतिपय खेत बाँझै छन् । बाँकी ७० प्रतिशतमा असारमै रोपाइँ सक्नु त्यहाँका हावापानी र माटो सुहाउँदो हुने कृषि प्राविधिक बताउँछन् ।

तर यसपाली खडेरीका लागि रोपाइँ गर्न समस्या भएको हो । काम गर्ने जनशक्ति अभाव तथा बसाइसराईका कारण जिल्लामा वर्षेनी खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ । किसानले केही वर्ष यता धान मासेर अलैंची खेती लगाउने क्रम पनि बढेको छ । जिल्लामा कुल ६ हजार ८ सय ६० हेक्टर जमिन मात्रै धान खेतीका लागि योग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

  • खडेरीमा पनि धानका बाला झुल्छन्, बुद्धि पुर्‍याउनुस्

    यसपाली कतै बेलैमा पानी परेकोले धान रोप्ने काम सकिएकोछ, कतै धमाधम रोपाइँ भैरहेको छ । तर कतै भने खडेरीका कारण अझै पनि धान रोप्ने काम सुरु भएको छैन।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया