अन्तर्राष्ट्रिय
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
- Sunday, Jul 09, 2017
- 15:50 PM ( 9 months ago )
- Total Views: 2.7 K
असार २५ – जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वोच्च अदालतले दिएको छ ।
भेनेजुयलाको सर्वोच्च अदालतले शनिबार दिएको अनुमतिबमोजिम उहाँले आफ्नै घरमा रहेर बाँकी जेल जीवन ब्यतित गर्न पाउनुहुने भएका हो ।
सर्वोच्च अदालतका न्यायाधिशले उहाँलाई सन् २०१५ मा नै झन्डै १४ वर्षको कारावास सजाय सुनाएकोले उहाँ अहिलेसम्म जेलमै हुनुहुन्थ्यो ।
तर शनिबार अदालतले बाँकी जेल जीवन घरमै नजरबन्दमा रहेर ब्यतित गर्न पाउने फैसला गरेकाले उहाँलाई आइतबारबाटै घरमा नजरबन्द सुरु गरिएको अधिकारीले जनाएका छन् ।
उहाँका वकिल जाभिएर क्रेमाडिसले फैसलाको पुष्टी गर्दै ट्विटरमा लेख्नुभएको छ, ‘लेओपोल्डो लोपेजलाई उहाँकी श्रीमती र छोराछोरीसँगै घरमै नजरबन्द गरिएको छ ।’
उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन र कानुनी प्रक्रियालाई सहज तरिकाले अगाडि बढाउन मानवअधिकारबादीको मागअनुसार उहाँलाई घरमै नजरबन्दमा राख्नुपरेको अदालतले जनाएको छ ।
विपक्षी दलका दक्षिणपन्थी नेता लोपेजलाई अदालतले गत सन् २०१५ को सेक्टेम्बरमा १३ वर्ष नौ महिना सात दिन जेल सजाँयको फैसला सुनाएको थियो ।
उहाँलाई हिंसा भड्काउन उत्तेजित पारेको, आतङ्क मच्चाएको, आगजनी गरेको र आपराधिक कार्यमा संलग्न भएको लगायतका आरोप लगाइएको छ । रासस/सिन्ह्वा
सम्बन्धित सामग्रीहरु
-
उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने
वैशाख ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सकारात्मक नभए बीचमै छोड्ने बताएका छन् ।
-
भारतीय सेनाको जागिर छोडेर आतंकवादी संगठनमा प्रवेश गरे यी युवक
वैशाख ५ – भारत प्रशासित कश्मीर घर भएका एक भारतीय सैनिक चरमपन्थी संगठामा हिजबुल मुजाहिद्धिनमा प्रवेश गरेका छन् ।
-
अमेरिका र उत्तर कोरियाबीच किन भयो गोप्य वार्ता ?
वैशाख ५ – अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भएको छ ।
-
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन
वैशाख ५ – अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।
-
भारतमा आएको तुफानमा परि ११ जनाको मृत्यु
वैशाख ५ – भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको ज्यान गएको छ । कोलकाता र आसपासका क्षेत्रमा मंगलबार बेलुकी आएको तुफानका कारण ११ जनाको ज्यान गएको भारती सञ्चार माध्यमले जनाएका छन् ।
-
स्वयम्भूमा लुकेर बसेका ‘सांसद’ दीपक मनाङ्गे पक्राउ
काठमाडौं वैशाख ६ – दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।
- पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
- आईपीएलमा बुमराहभन्दा पनि किफायती बलर सन्दीप !
- गाडी गुड्ने सडकमा गहुँ सुकाइदिएपछि...
- आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले गरिदिए
- आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
प्रतिक्रिया दिनुहोस