MENU

अर्थ

Ncell Axiata

मौद्रिक नीति सार्वजनिक, बैंकहरुले २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने

काठमाडौं, असार २५ – आर्थिक वर्ष २०७४/०७५ का लागि मौद्रिक नीति आइतबार सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आफूले तोकेका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले अनिवार्य रुपमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था गरेको छ । 

यसअघि वाणिज्य बैंकहरुले यस्ता उत्पादनमुलक क्षेत्रमा २० प्रतिशत मात्र लगानी गरे हुने थियो । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले आउँदो वर्षसम्ममा कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र अन्य प्राथमिकताप्राप्त क्षेत्रमा ५ गरी न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नु पर्नेछ । 

यी उत्पादनमुलक क्षेत्रमा विकास बैंकले १५ प्रतिशत तथा वित्त कम्पनीले दश प्रतिशत कर्जा बिस्तार गर्नुपर्ने पुरानो व्यवस्थालाई यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाका अहिलेसम्म खाता नभएका नागरिकको खाता आर्थिक वर्ष २०७४÷७५ भित्र खोलेमा प्रति २५०० खाता बराबर १ करोड रुपैयाँ निब्र्याजी सापटी एक वर्षको लागि प्रदान गरिने घोषणा पनि गर्भनर चिरञ्जीवि नेपालले गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा आफ्नो प्राथमिक पुँजिको ४० प्रतिशत मात्र ऋण दिन पाउने छन् । र त्यो ऋण शेयर मुल्यको ५० प्रतिशतसम्म मात्र हुने छ । यस्तै  बैंकहरुले काठमाडौंको घरजग्गा मुल्यांकनको ४० प्रतिशत मात्र कर्जा दिने पाउने भएका छन् । काठमाण्डू उपत्यका बाहेकका जिल्लामा भने घरजग्गा मुल्यांकनको ५० प्रतिशत ऋण पाइने  छ । 
एक जना व्यक्तिलाई डेढ करोड रुपैयाँभन्दा बढी घरजग्गा कर्जा दिन पाइने छैन । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर नेपालले यो आर्थिक वर्षमा १ सय १२ वटा बैंक तथा वित्तीय संस्था खारेज भएको जानकारी दिनुभयो ।  अर्को संस्थामा गाभिएर तथा बेचिएर यी वित्तीय संस्था खारेजीमा परेका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया