MENU

मनोरञ्जन

Ncell Axiata

​नेपथ्यको श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सुरु

काठमाडौं, असार २५ – मेलबोर्नको ‘प्लानेट सेकर्स’ मा शनिबार भब्य प्रस्तुतीसहित नेपथ्यले सन् २०१७ को श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सुरु गरेको छ । 
नेपथ्यले आफ्ना चर्चित गीतमार्फत मेलबोर्नका नेपालीलाई नचाएको थियो । ‘मेलबोर्नमा यस किसिमको कार्यक्रमले नेपालीमा उत्साह र उमंगको सञ्चार गराउने आयोजकले बताएको छ ।

मेलबोर्नको कार्यक्रम पछि अब ब्याण्डको यात्रा ‘साउथ अष्ट्रेलिया’ प्रान्त तर्फ रहने छ । भिक्टोरीयाको प्रान्तीय राजधानी मेलबोर्नबाट टोली अब जोडिएको पश्चिमी भेग पुगेर त्यहाँको प्रान्तीय राजधानी एडिलेडको मञ्चमा जुलाई १५ तारिखमा कार्यक्रम हुनेछ । यस वर्षको अष्ट्रेलिया यात्राको समापन भने सिड्नीमा जुलाई २२ तारिखका दिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया