MENU

खेल

Ncell Axiata
USAID

१३ वर्ष बिताएको म्यानचेस्टर युनाइटेड छाड्दा दुखी भएनन् रुनी

असार २५ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वायन रुनीले १३ वर्षपछि म्यानचेस्टर युनाइटेड छाडेका छन् । सन् २००४ मा २७ मिलियन युरोमा म्यानेस्टर युनाइटेडमा आवद्ध भएका रुनीले १३ बर्ष युनाइटेडमा बिताएका छन् । ३१ वर्षका रुनीले ५ सय ८१ पटक युनाइटेडको तर्फबाट मैदानमा उत्रँदा २ सय ५३ गोल गरेका छन् ।

युनाइटेडले एभर्टनका रोमेरु लुकाकुलाई ७५ मिलियनमा किन्ने सम्झौता गरेलगत्तै रुनीले युनाइटेड छाडेका हुन् । अब उनले आफ्नो पूर्व क्लव एभर्टनबाट खेल्ने पक्का पनि गरेका छन् ।

युनाइटेड छाड्ने बेलामा भावुक हुँदै रुनीले भनेका छन् ‘एभर्टनबाट खेल्ने पहिलो दिन निकै भावुक दिन हुनेछ’ उनले थपे ,‘म यहाँ खेल्न आएको मात्रै होइन, म हुर्किएको टिम भएकाले पनि आएको हुँ, आशा छ टिमले अझै धेरै सुधार गर्नेछ ।’ 

यसअघि एभर्टनमा रहँदा रुनीले ७७ खेलबाट १७ गोल गरेका थिए । एभर्टनमा जाँदा निकै हौसिएका रुनीले थपे ‘मेरा लागि अन्य विकल्प पनि थिए तर मलाई थाहा थियो एभर्टनले नै मलाई चाहेको छ, र यो नै मेरा लागि उत्तम विकल्प हो’ उनले आफ्ना एजेन्टलाई आफू एभर्टन जान इन्छुक रहेको र सम्झौताको लागि तयार रहन आग्रह गरेको बिबिसीले जनाएको छ ।

एभर्टनले किन चाहन्छ रुनी ?

एभर्टनका म्यानेजर रोवर्ट कोइम्यानले आगामी अक्टुबरसम्ममा  रुनीलाई एभर्टन भित्र्याउने गरि तयारी भैरहेको जनाएका छन् । ‘रुनीले जित्नको लागि कस्तो मानसिकता चाहिन्छ भन्ने देखाइसकेका छन् र खेल जित्ने मानसिकता उनमा छ, उनि एभर्टनमा आउने कुराले म निक्कै खुसी छु’ एभर्टनका म्यानेजर कोइम्यानले भने, ‘उनी बल्ल ३१ वर्षका भए उनको प्रदर्शनमा कुनै कमी आएको छ भन्ने मलाई लाग्दैन, उ आउनु निकै खुसीको कुरा हो ।’

आफूहरुलाई धेरै भन्दा धेरै युवा खेलाडीको खाँचो रहेको तर रुनीबाट अरुले पनि धेरै कुरा सिक्न सक्ने भएकाले रुनीप्रति एभर्टनको आँखा परेको पनि म्यानेजर कोइम्यानले बताए । अहिलेसम्म किन रुनी नै भन्ने कुरा अन्य क्लवलाई प्रमाणित गराउन पनि रुनीलाई आफूहरुले किन्न चाहेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया