MENU

खेल

Ncell Axiata
USAID

६२ बलमा १२ छक्का र ६ चौका, भारत पराजित

असार २६ – भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजले शानदार जित दर्ता गरेको छ । जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो । आइतबार राति सकिएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव ३ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि एविन लुइसले मात्रै ६२ बलमा १२ छक्का र ६ चौकाको मद्दतमा नटआउट एक सय २५ रन बनाए । यस्तै मार्लोन स्यामुएल्सले ३६ तथा क्रिस गेलले १८ रनको योगदान दिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन बनायो । उसका लागि दिनेश कार्तिकले ४८, कप्तान विराट कोहलीले ३९ तथा ऋशव पन्तले ३८ रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया