MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

बिहारः चट्याङ लागेर २६ जनाको मृत्यु

असार २६ – भारतको विहारमा चट्याङ लागेर २६ जनाको ज्यान गएको छ । बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६  जनाको ज्यान गएको हो । चट्याङ लागेर ज्यान गुमाउनेमा बिहारको रोहतास जिल्लाका धेरै छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको ज्यान गएको छ । यस्तै पटनामा पनि चारजनाको ज्यान गएको छ । ज्यान गुमाएकाका परिवारलाई स्थानी प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो ।  सोमबार पनि त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया