MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

महिला प्रतिबन्धित आइल्याण्ड विश्वसम्पदा सूचिमा

असार २६ – जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ । ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो । यहाँ महिला जान पाउँदैनन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो । ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नु पर्छ । यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ । यो आइल्याण्डमा हरेक वर्ष दुई सयजनालाई मात्र भ्रमणको स्वीकृति दिने गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया