MENU

बातावरण-कृषि

Ncell Axiata

मनसुन सक्रिय, देशका धेरै ठाउँमा पानी पर्ने, नदी तथा खोलामा बाढी आउने खतरा

काठमाडौं, असार २६ – मनसुन सक्रिय भएकाले अझै चारदिन पानी पर्ने मौसमविदले बताएका छन् । सोमबार देशका धेरै ठाउँमा पानी पर्ने तथा मध्य, पश्चिमी र पूर्वी भेगमा बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।

मनसुन सक्रिय भएकाले आउँदो बिहीबार मात्रै मौसम खुल्ने अनुमान गरिएको उहाँले बताउनुभयो । ठूलो पानी पर्ने सम्भावना रहेकाले धेरैजसो नदी र खोलामा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । झापाबाट बाँकेसम्मका चुरे र महाभारतबाट बहने नदी तथा खोलामा पानीको बहाव खतराको तहसम्म पुग्ने सक्ने हुँदा सतकर्ता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

शाखाले कमला, बाग्मती, कमला, पूर्व राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना नदी तथा जलाधार र आसपासका सबै क्षेत्रमा उच्च सर्ताकर्ता अपनाउन सचेत गराएको छ । कोशी, गण्डकी र कर्णाली नदीमा बहावले चेतावनी तह पार गर्ने सम्भवना सोमबारका लागि नभएको पनि शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया