MENU

अर्थ

Ncell Axiata
chhaka panja

विनियोजन विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं, असार २६ – विनियोजन विधेयक सोमबार नै पारित गर्ने तयारी भएको छ । विनियोजन विधेयकमाथिको छलफल सकिएर सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनेक्रम चलिरहेको र त्यो क्रम सकिएपछि सोमबार नै विधेयक पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

सोमबारको संसद बैठकमा छलफलको क्रममा उठेका प्रश्नको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि विनियोजन विधेयक निर्णयार्थ पेश गरिने छ ।

यस्तै आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक भने असार २९ गते पारित गरिने  भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया