MENU

साहित्य/ कला

Ncell Axiata

कलामा विकासका कुरा

काठमाडौं, असार २६ – कला साहित्य पनि समाजको अभिन्न अंग भएकाले समाजमा आएका विभिन्न परिवर्तनसँगै परिष्कृत हुँदै जाने गर्दछ । नाटक, संगीत, चलचित्र तथा  चित्रकलाले सामाजिक परिवर्तनलाई आत्मसात गरेको हुन्छ । कलाकारहरु पनि बदलिँदो परिवेशसँग परिचित हुन्छन् र त्यसलाई आफ्ना कलामा समेट्ने प्रयास गर्दछन् । 

आइतबारदेखि नेपाल कला परिषदमा ‘विकासका लागि चित्रकला निर्माण तथा प्रदर्शनी’ सुरु भएको छ ।  राष्ट्रिय योजना आयाग र ललितकला क्याम्पसको संयुक्त आयोजना भएको चित्रकला प्रदर्शनीमा बरिष्ठ कलाकारदेखि ललितकला क्याम्पसका विद्यार्थीहरुका चित्रकला रहेका छन् ।  

बरिष्ठ कलाकारहरु किरण मानन्धर, रागिनी उपाध्याय, बिपिनकुमार घिमिरे, शशीविक्रम शाहलगायतका चित्रकला प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा रहेका विभिन्न चित्रकलाहरु विकास निमार्ण र पर्यावरणमा केन्द्रित रहेका छन् । कतिपय चित्रकला भूकम्पपछिको पूनर्निर्माणका विषयमा समेत केन्द्रित छन् । 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया