MENU

खेल

Ncell Axiata
USAID

१५ वर्षपछि जिम्बावेमा क्रिकेटको खुशी, जित्यो श्रृंखला

काठमाडौं, असार २६ – जिम्बाबेले एक दिवसीय क्रिकेटमा ऐतिहासिक सफलता पाएको छ । श्रीलंकासँगको अन्तिम एक दिवसीय क्रिकेट ३ विकेटले जित्दै जिम्बावेले १५ वर्षपछि टेष्ट मान्यता टिमसँगको एक दिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको छ ।  

जिम्बावेले सन् २००२ मा बंगलादेशसँगको श्रृखला जिते यता कुनै पनि टेष्ट मान्यता प्राप्त टिमसँगको श्रृंखला जित्न सकेको थिएन । एकदिवसीय श्रृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्ने क्रममा पाहुना टोली जिम्बाबेले सोमबार पाँचौ एकदिवसीयमा श्रीलंकालाई ३ विकेटले हरायो । 

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य उसले ३८ ओभर १ बलमा ७ विकेटको जाँदा भेट्टायो । जिम्बावेका ह्यामिल्टन मासाकाड्जाले ८६ बलमा ७३ रन, सोलोमन मायरले ३२ बलमा ४३ रन, तारिसाइ मुसाकान्दाले ४९ बलमा ३७ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । श्रीलंकाका असेला गुनरत्नेले ८१ बलमा अविजित ५९ रन, धनुस्का गुनाथिलाकाले ८६ बलमा ५२ रन तथा एन्जेलो म्याथ्युजले ४७ बलमा २४ रन बनाए । 

जिम्बावेले पहिलो एकदिवसीय ६ विकेटले, चौथो एकदिवसीय ४ विकेटले जितेको थियो । श्रीलंका दोस्रोमा ७ विकेटले र तेस्रोमा ८ विकेटले विजयी भएको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया