MENU

साहित्य/ कला

Ncell Axiata

​ह्यारी पोटर लेखिकाद्वारा नयाँ खुलासा

असार २६ – चर्चित पुस्तक ह्यारी पोटरकी लेखक जेके रोलिङले नयाँ खुलासा गर्नुभएको छ । उहाँले सिएनएनकी पत्रकार क्रिस्टिएन अमनपौरसँगको अन्तर्वातामा आफूले ह्यारी पोटरजस्तै अर्काे पुस्तक लेखेको भएपनि बजारमा आउने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले तयार पारेको पुस्तकको पाण्डुलिपी उहाँको कपडा राख्ने दराजमा झुण्डिएको  छ । उहाँले त्यो पाण्डुलिपी आफ्नो ५०औं जन्मदिन मनाउँदा लगाएको कपडामा लेख्नुभएको थियो । 

‘मैले त्यो पुस्तकको अधिकांश भाग कपडामा नै लेखेको हो । पुस्तक प्रकाशनमा आउँछ कि आउँदैन भन्न त सक्दिन तर अहिले त्यो दराजमा झुण्डिरहेको छ’, उहाँले अन्तर्वार्तामा भन्नुभयो । रोलिङले त्यो बालसाहित्य र राजनैतिक विषयमा केन्द्रित दन्त्य कथा भएको खुलासा गरेपनि पुस्तकका बारेमा अन्य जानकारी दिनुभएन । 

सिएनएनसँगकै अन्तर्वार्तामा फेरि एकपटक रोलिङले आफूले  पुस्तकमा जोएन नलेखेर जेके रोलिङ लेख्नुको कारण खुलाउनुभएको छ । उहाँ महिला हो भन्ने थाहा पाए भने केटाहरुले पुस्तक नपढ्ने भन्दै प्रकाशकले उहाँलाई नाम परिवर्तन गर्न लगाइएको थियो । उहाँले अर्काे पुस्तकको पाण्डुलिपी तयार गरेको थाहा पाएपछि उहाँका पाठक पुस्तक प्रकाशनको व्यग्र प्रतिक्षामा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया