MENU

यो पनि समाचार

ujyaalo forign call inside

जाजरकोटमा भेडाले जन्मायो दुईवटा टाउका भएको पाठी

वालकुमार शर्मा/ उज्यालो

जाजरकोट, असार २७ – जाजरकोट भेरी नगरपालिका–९ पौरीका किसान गोरसिंह नेपालीले पालेको भेडाले अनौठो पाठी पाएको छ ।  भेडाले एउटै शरीरमा दुई वटा टाउका भएको पाठी जन्माएको हो । पाठीका दुईवटा टाउका संगै दुई मुख, चार कान र चार आँखा स्पष्ट छुट्टिएका छन ।

गत बिहीबार अनौठो तरिकाको भेडाले पाठी पाएको भुर स्थित  दिपेन्द्र माविका शिक्षक पुर्णबहादुर नेपालीले जानकारी दिनुभयो । दुई मुख भएको भेडाको पाठी उभिन नसक्ने र आफै दूध खान नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो  । भेडाले दुई टाउका भएको पाठी जन्माए पछि स्थानीय हेर्नका लागि गोरसिहं नेपालीको घरमा घूइचो लागेको छ  । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया