MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

भारत : दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण, ७ जनाको मृत्यु, १९ घाइते

असार २७ – भारत प्रशासित कास्मिरमा विद्रोही संगठनको आक्रमणमा ७ जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।   

ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनंतनाग जिल्लामा विद्रोहीले यात्रुलाई लक्षित गरी आक्रमण गरेको खबरमा उल्लेख छ । विद्रोहीले आक्रमण गर्दा बसमा ५६ यात्रु थिए । उनीहरु गुजरातका र महाराष्ट्रका हुन् । 

प्रहरीका अनुसार अमरनाथ दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण भएको हो । यो आक्रमण भएको झण्डै एक घण्टा पछि कास्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ । घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्य मन्त्रीले भत्सर्ना गरेका छन् । 


 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया