MENU

खेल

Ncell Axiata
chhaka panja

फुटबल : आज बंगलादेश भर्सेस नेपाल

काठमाडौं, असार २७ – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।  

टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनले आउँदो हप्ता युएईमा हुने एसियन कप छनोटका लागि मंगलबारको मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए । 

त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए । दिउँसो हुने खेल हेर्न टिकट अहिले बिहान १० बजेदेखि लिन सकिने एन्फाले जनाएको छ । २३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया