MENU

मनोरञ्जन

Ncell Axiata
sagun

पूजा भन्छिन् - प्रेमगीतको छायाकंनमा फेरि फर्किन चाहन्छु

काठमाडौं, असार २७ – अभिनेत्री पूजा शर्माले मधुमासबाट सिनेमामा डेब्यु गरेकी हुन् । पहिलो सिनेमाबाट खासै राम्रो प्रतिकृया र सफलता नपाएकी उनले त्यसपछि अझै पनि, चङखे सङखे पङखेमा काम गरिन् । उनलाई यी दुई सिनेमाले केही मात्रामा चर्चामा ल्याए । तर उनको सफलता भने औसत रह्यो ।   

उनले जब सिनेमा प्रेमगीतमा काम गरिन् उनी नेपाली सिनेमा उद्योगकी लभर गर्लको रुपमा स्थापित भईन् । बच्चा देखि बुढासम्म सबैको मन पर्ने नायिका बनिन् । प्रेमगीतले उनलाई दर्जनौँ सिनेमामा काम गरे बराबरको सफलता दियो। 

प्रेमगीतको सफलताबारे कुरा गर्दै उनी भन्छिन्, “मलाई एउटा उदाहरणिय सिनेमा खेल्न मन थियो । दर्पण छायाँ नेपालमा सबैभन्दा धेरै कमाउने पहिलो सिनेमा हो र यसलाई कसैले पनि बिर्सेको छैन । यो सबैको मन पर्ने सिनेमा बन्यो । यस्तै अविस्मरणिय, बच्चा देखि बुढा सबैले मन पराउने सिनेमा खेल्ने ह्याङ थियो म मा । त्यो प्रेमगीतले पूरा गरिदियो । यो मेरो जीवनकै ठूलो सफलता हो ।” 

अहिले भने पूजा प्रेमगीतको टिममा छैनन् । तर यो सिनेमाका धेरै यादहरु छन् जसलाई उनी बिर्सन सक्दिनन् । जस मध्येको एउटा याद हो सिनेमाको छायाकंन । बिगतका कुनै पलमा तपाईँ फेरि फर्किन चाहनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, “मिल्ने भए म फेरि स्कुलका दिनहरुमा, बाल्यकालमा फर्किन्थे । त्यस्तै प्रेमगीत छायाकंन गर्दामा ती दिनहरुमा पनि फेरि फर्किन पाए, आहा ! भन्ने लाग्छ । ”

कुराकानीकै क्रममा हामीले पूजालाई तपाईँको नजरमा नेपाली सिनेमा क्षेत्रमा भाग्यले चलेका तीन कलाकार ? भनेर प्रश्न गर्दा उनले जवाफमा पहिलो नाम लिईन् अनमोल केसीको ।  त्यस्तै उनले अभिनेता भूवन केसीलाई पनि यहि सूचिमा राखिन् । तर उनको मतलब भुवन बिना मेहनत र बिना काम भाग्यले मात्रै चलेका हुन् भन्ने भने थिएन । 

उनले भुवन केसी लामो समयसम्म सिनेमा क्षेत्रमा सक्रिय हुनु र चर्चा पाईरहनुलाई उनको भाग्य भनेकी हुन् । “उहाँको भाग्य नै बलियो हो अहिलेसम्म सिनेमा क्षेत्रमा राज गरिरहनु भएको छ ।  दर्शकको माया पाईरहनु भएको छ”, पूजाले भनिन् । 

पूजाले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु असार ३० मा रिलिज हुँदैछ । यस सिनेमामा पूजासँगै पलले अभिनय गरेका छन् । “म यस्तो गीत गाउँछु” लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने पूजा र सुदर्शनले सयुंत्त रुपमा यसलाई निर्माण गरेका हुन् । सिनेमाको प्रमोशनको क्रममा हामीले उनीसँग भिडियो कुराकानी गरेका छौँ । जसमा उनले अन्य केही गोप्य कुराहरु पनि सेयर गरेकी छिन् ।

हेर्नुहोस् भिडियो 

उज्यालो र forseenetwork.com को सहकार्य 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया