MENU

अर्थ

Ncell Axiata
sagun

अपरमाई ‘सी’ हाइड्रोपावरमा १० प्रतिशत सेयर खोल्ने तयारी

इलाम, असार २७ – इलामको सन्दकपुर गाउँपालिका-५ र जमुना-३ सुलुबुङको बिचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत उत्पादन सुरू गरेको छ । 
 
अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६ दशमलब १ मेगावाट भए पनि पिपिए सम्झौतामा ५ दशमलव १ मेगावाट रहेको छ । 
 
५ दशमलव १ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिनुभयो । 
 
यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उक्त आयोजनाबाट खेर जाने पानी पुनः सदुपयोग गरी अपरमाई ‘सी’ बाट विद्युत् उत्पादन गरिएको हो ।
 
अपरमाई ‘सी’ अपरमाईकै क्यास्केट परियोजना हो । अहिलेसम्म अपरमाई ‘सी’ हाइड्रोपावर सम्पन्न गर्दा ९५ करोड रुपैंयाँ खर्च भएको निर्देशक प्रधानले बताउनुभयो । 
 
नबिल बैंक, नेपाल बैंकजस्ता वित्तीय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर खोल्ने तयारी भइरहेको कार्यकारी निर्देशक प्रधानले जानकारी दिनुभयो । 
 
गएको महिना नै निर्माण सम्पन्न गरी उत्पादन सुरू गर्ने लक्ष्यमा रहेको अपरमाई ‘सी’ को इलेक्ट्रो मेकानिकल कार्यमा समस्या आएपछि यो महिनामा मात्र परीक्षण उत्पादन सफल भएको हो  ।
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया