MENU

अर्थ

Ncell Axiata

कतारी रियालको मूल्य घट्यो, रिंगिट, दिनार र दिर्हाम स्थिर

काठमाडौं, असार २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ७२ र विक्रिदर २७ रुपैयाँ ८८ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९४ पैसा र विक्रिदर ९ रुपैयाँ रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ०१ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया