MENU

मनोरञ्जन

Ncell Axiata
sagun

समाचार गलत बुझिदिँदा पूजालाई तनाव, शुष्मिताले पोखिन् आक्रोश

काठमाडौं, असार २७ – म यस्तो गीत गाउँछुकी निर्माता एवं नायिका पूजा शर्मा यतिबेला आफ्नो सिनेमाको प्रचार प्रसारमा ब्यस्त छिन् । असार ३० मा रिलिज हुने सिनेमाको प्रचार प्रसारका लागि विभिन्न सञ्चार माध्यमले उनलाई खोज्नु र उनले पनि समय दिनु स्वभाविक हो ।  

मिडियासँगको कुराकानीमा उनले सिनेमासँगै आफना केही निजी विचार राख्नु पनि अस्वभाविक हैन । अन्र्तवार्तामा उनले बोलेका कुराको टिका टिप्पणी हुनु पनि स्वभाविक नै हो । तर यतिबेला उनले दिएको एउटा अन्र्तवार्ताको बिषयलाई लिएर सिनेक्षेत्रका केही ब्यक्ति सामाजिक सञ्जालमा उनीमाथि खनिएका छन् । अन्तर्वार्ताका क्रममा उनले अभिनेता भुवन केसी र अनमोल केसीलाई भाग्यले चलेका कलाकारको सूचिमा राख्नु उनको लागि अहिले तनावको विषय बनेको छ । उनको यो विचारपछि नायक भुवन केसीकी पूर्व पत्नी शुष्मिताले सामाजिक सञ्जालमार्फत पूजामाथि आक्रोश पोखेकी छिन् । 

के भनेकी थिइन् पूजाले ?

कुराकानीको क्रममा तपाईँको नजरमा नेपाली सिनेमा क्षेत्रमा भाग्यले चलेका तीन कलाकार को को हुन् ? भनेर प्रश्न गर्दा उनले जवाफमा पहिलो नाम लिइन् अनमोल केसीको ।  त्यस्तै उनले अभिनेता भूवन केसीलाई पनि यहि सूचिमा राखिन् । तर उनको मतलब भुवन बिना मेहनत र बिना काम भाग्यले मात्रै चलेका हुन् भन्ने भने थिएन ।   

उनले भुवन केसी लामो समयसम्म सिनेमा क्षेत्रमा सक्रिय हुनु र चर्चा पाइरहनुलाई उनको भाग्य भनेकी हुन् । ‘उहाँको भाग्य नै बलियो हो । अहिलेसम्म सिनेमा क्षेत्रमा राज गरिरहनु भएको छ । दर्शकको माया पाइरहनु भएको छ’ पूजाले भनिन् । तर पूजाको यस भनाईलाई नसुनेरै, समाचारलाई राम्ररी नपढेरै, शीर्षक मात्रै हेरि उनले भुवन र अनमालेलाई भाग्यले चलेका हुन् भनेकोमा अभिनेत्री (अनमोलकी आमा र भुवनकी पूर्व पत्नी) शुष्मिता पूजासँग रिसाईन् ।

उनले पूजालाई हिजो जन्मेका चल्लाले भुवन केसीलाई भाग्यले चलेको भन्न नमिल्ने भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । शुष्मिताले आक्रोशित हुँदै पूजालाई उनी नजिन्मदै भुवनले नेपाली सिनेमाका लागि सुपरहिट सिनेमाहरु दिएको र उनको नाम नेपाली सिनेमाको ईतिहासमा स्वर्णीम अक्षरले लेखिएको उल्लेख गरेकी छिन् । त्यस्तै शुष्मिताले पूजालाई अग्रजको सम्मान गर्न सिक, भनेर सुझाव पनि दिएकी छिन् ।  

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया