MENU

मनोरञ्जन

Ncell Axiata
sagun

​यी हुन् माइकल ज्याक्सन जस्तै बन्न खोजेका पाँच सेलिब्रेटीहरु


असार २७ – माइकल ज्याक्सनको स्टेज पर्फमेन्सले जो सुकैलाई पनि लोभ्याउँदथ्यो । उनको  गीतको नक्कल गर्नेदेखि लिएर उनको नृत्यको चाललाई पछ्याउनेको संख्या विश्वभर नै उल्लेख्य छ । जब कोही कुनै क्षेत्रमा उत्कृष्ट हुन्छ उसका हरेक क्रियाकलापलाई प्रशंसकले पछ्याउनु पनि स्वभाविक नै हो । 
संगीतका किङ मानिने माइकल ज्याक्सनलाई पछ्याउने मात्रै होइन, उनीजस्तै बन्न खोज्नेहरु धेरै रहेका छन् ।  

माइकल ज्याक्सनलाई पछ्याउने पाँच सेलिब्रेटीहरु  

कोरी फेल्डम्यान 

अमेरिकी गायक तथा अभिनेता कोरी फेल्डम्यान माइकल ज्याक्सनलाई पछ्याउने मात्रै होइन, माइकलसँग राम्रो सम्बन्ध भएका कलाकार नै हुन् । उनले एक अन्तर्वार्तामा माइकल आफ्ना दाजुजस्तै भएको र उनीसँग सबै कुरा सेयर गर्ने गरेको बताउँछन् । फेल्डम्यानका गीतमा माइकलकै नक्कल गरेको पाइन्छ । त्यति मात्रै होइन, उनले लगाउने पहिरन र हेयरस्टाइलमा पनि माइकल ज्याक्सनलाई नै पछ्याएको देखिन्छ । कतिपयले ले फेल्डम्यानको आफ्नो परिचय नै नभएको आरोपसमेत लगाउँछन् । 

क्रिस ब्राउन  

आफू किशोर उमेरमा नै गायक क्रिस ब्राउनले माइकल ज्याक्सनलाई पछ्याउन थालेका थिए । रिहानासँग सम्बन्ध बिग्रेपछि ब्राउनले ‘ब्याड ब्वाय’को परिचय बनाएका थिए । उनले लगाउने कपडामा परिवर्तन मात्रै होइन, हेयरस्टाइलमा पनि परिवर्तन गरेका थिए । त्यति मात्रैमा सीमित भएनन् ब्राउन ।  माइकलको असामयिक निधन भएपछि ब्राउनले माइकल ज्याक्सनलाई उनकै शैलीमा प्रस्तुति दिँदै श्रदाञ्जली दिएका थिए । जसले ब्राउनको प्रसिद्धीलाई अझ बढाएको थियो । 

अशर

 

आर एण्ड् बि गायक अशर रेमण्डले सधैँ आफ्नो प्रेरणको स्रोत माइकल ज्याक्सन भएको बताउँदै आएका छन् । सन् २००९ मा एमटिभीसँगको एक अन्तर्वार्तामा उनले माइकल ज्याक्सनको प्रभावबारे भनेका थिए, ‘उनले मेरो जीवनमा धेरै प्रभाव पारेका छन् । संगीतमा मात्रै होइन, एक मानवअधिकारकर्मीका रुपमा, एक परोपकारीका रुपमा, एक कलाकारका रुपमा उनले धेरै प्रभाव पारेका छन् ।  म आज जुन ठाउँमा छु,  त्यो माइकल ज्याक्सन बिना सम्भव थिएन ।’

अशरका गीत र नृत्यमा माइकल ज्याक्सनको प्रभाव पाउन सकिन्छ । तर यो माइकल ज्याक्सनको सांगीतिक प्रभाव मात्रै होइन, यो त एउटा उनको क्रियाशील जीवन र उनको विचारको पनि प्रभाव हो । 

लिल किम

 

केही  वर्ष यता र्‍यापर लिल किम चम्किली हुँदै गएकी छिन् । धेरैले उनले आफ्नो ‘स्किन ब्लिच’ गरेको आशंका गर्दछन् । त्यसो त माइकल ज्याक्सनले पनि आफ्नो स्किनको ब्लिचिङ गरेको हल्ला सुनिन्छ । लि किमको चम्किलो अनुहार बनाउने चाहनालाई पनि धेरैले माइकल माइकल ज्याक्सनको प्रभावका रुपमा हेर्ने गरेको पाइन्छ । 

जस्टिन टिम्बरलेक

सन् २००० को दशकको सुरुवातमा जस्टिन टिम्बरलेकलाई एन सिंक ब्यान्डको लिड सिंगरको रुपमा मात्रै चिनिने गरिन्थ्यो । जब उनले सन् २००२को अक्टुबरमा ‘लाइक आई लभु यु’ एल्बम बजारमा ल्याए, एकाएक उनको  प्रसिद्धी चुलियो । गीतको भिडियो हेर्दैमा पनि थाहा हुन्छ कि टिम्बरलेक पनि माइकल ज्याक्सनबाट प्रभावित भएका छन् । 

उनको आवाज, नृत्यका चालमा ज्याक्सनको प्रभाव भेटिन्छ । सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा टिम्बरलेकले माइकल ज्याक्सनले आफूलाई एकल एल्बम निकाल्न सुझाव दिएको खुलासा गरेका थिए । टिम्बरलेकले आफ्नो सांगीतिक जीवनमा माइकलको ठूलो हात भएको बताउँदै आएका छन् । 

माइकल ज्याक्सन बहुप्रतिभा भएका कलाकार भएका कारण नै उनी धेरै कलाकारका प्रेरणाका स्रोत बनेका छन् । धेरै कलाकारले त  आफ्नो सांगीतिक सफलतामा माइकल ज्याक्सनको  हात रहेको पनि बताउँदै आएका छन्  । 

-एजेन्सीहरुकाे सहयाेगमा

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया