MENU

खेल

Ncell Axiata

म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन : विमल घर्तिमगर

काठमाडौं, असार २७ – बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा विमल घर्तिमगर घाइते भएका छन् । पहिलो हाफको २० मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका विमल ३१ औं मिनेटमा घाइते भए र मैदान छाडे । पहिला पनि कुममा चोट लागेका विमलको कुममा खेलका क्रममा मंगलबारको खेलमा फेरि समस्या देखिएको हो । 

एएफसी २३ वर्षमुनीको च्याम्पियनसिप छनौटको खेल विमलले गुमाउने हुन् कि भन्ने चिन्ता थियो । तर खेलपछि भएको पत्रकार सम्मेलनमा विमलले आफू सामान्य अवस्थामा रहेको जानकारी गराएका छन् । ‘यो पहिला देखिकै घाइते हो, आज पनि समस्या देखिएको हो, त्यस्तो धेरै घाइते भएको होइन’ विमलले भने ।

एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोट अन्तर्गत नेपालले जुलाई १५ देखि १९ सम्म यूएई, उज्वेकिस्तान र लेवनानसँग यूएईमा खेल्नेछ । बंगलादेशले  भने जोर्डन, ताजकिस्तान र प्यालेस्टाइन रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया