MENU

समाज

Ncell Axiata

व्यापारी श्रेष्ठको हत्याराका बयान : श्रेष्ठको हत्या गरेको डेढघण्टा अघि रणबहादुरको पनि हत्या गरियो

हेमराज शर्मा/उज्यालो ।

दाङ, असार २७ – अपहरण पश्चात हत्या गरिएका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न ४ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार अञ्चल प्रहरी गुल्म तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न थप चार जनालाई सार्वजनिक गरेको हो । 

व्यापारी श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न दाङको हेकुली–६ बालापुर बस्ने ३७ वर्षका  मान बहादुर भण्डारी, तुलसीपुर–६ बस्ने ३९ वर्षका टिकाराम घर्ती र घर्तीकी छोरी १८ वर्षिया पूजा घर्तीलाई नेपाल भारत सीमा बर्दियाको हिरमनियाबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।

त्यसैगरी प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार तुलसीपुुर–८ बस्ने २८ वर्षका भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीले तुलसीपुर–११ कटाहा बस्ने ३० वर्षका खुम बहादुर केसी र तुलसीपुर–९ वेलुवा बस्ने ४१ वर्षका नारायण वलीलाई काठमाडां बाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि दाङ ल्याउन लागिएको जनाएको छ ।पत्रकार सम्मेलनमा बोल्दै राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले घटना पैसा असुल्नकै लागि भएको खुल्न आएको बताउनुभयो । यसैबिच श्रेष्ठसँग अपहरणमा परेका घोराहीका रणबहादुर घर्तीको समेत हत्या भएको अभियुक्तहरुले प्रहरीलाई बयान दिएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले पक्राउ परेका अभियुक्तहरुले श्रेष्ठ भन्दा झण्डै डेढ घण्टा अगाडि रणबहादुर घर्तीको हत्या गरेर फालेको बयान दिएको बताउनुभयो । अभियुक्तहरुले घर्तीको हत्या गरेको बयान दिए पनि शव कँहा छ भन्ने विषयमा प्रहरी घटना स्थल पुग्ने तयारी गरिरहेको शाहले बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया