MENU

खेल

बंगालादेशका प्रशिक्षक भन्छन् : मैदान साह्रै अफ्ठेरो थियो

काठमाडौं, असार २७ – एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको तयारी स्वरुप बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलमा नेपालले राम्रो प्रदर्शन गर्‍यो । पहिलो हाफको २० औं मिनेटमा विमल घर्तीमगरले गोल गरेपछि नेपाल १–० ले विजयी भयो । 

खेलपछि भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बंगलादेश नेपालभन्दा कमजोर टिम भएकोले पनि नेपालले जितेको बताए । राजुकाजी शाक्यले बंगलादेशसँगको खेल अभ्यास खेल मात्रै भएकाले धेरै जुधेर नखेल्न आग्रह गरेको पनि बताए । 

तर बंगलादेशका प्रशिक्षक एन्ड्रियु अर्डसले भने बंगलादेशले हार्नुमा धेरै कुराले भूमिका खेलेको बताए । नेपाली खेलाडीले राम्रो खेलेर जितेको प्रशंसा मात्रै गरेनन् उनले, कृतिम मैदानमा खेल्नुपर्दा बंगलादेशी खेलाडीलाई निकै गाह्रो भएको पनि बताए । 

बंगलादेशले निकै धेरै समय बल होल्ड गरेर पनि गोल हान्न नसेकेको उनेले स्विकारे । तर कृतिम मैदानले पारेको समस्यालाई पनि उत्तिकै बलियो गरी उठाए । 

‘नेपालसँग पावरफुट स्ट्राइकर थिए, र नेपालको मैदानसँग उनिहरु भिजेका पनि थिए, अनि नेपालका सबै खेलाडी निकै फिट थिए त्यसैकारण नेपाले राम्रो नतिजा निकाल्यो’ पत्रकार सम्मलेनमा अर्डसले भने ‘मैदान धेरै नै अफ्ठेरो थियो,  बललाई कन्ट्रोल गर्न नै समस्या थियो किनकी बल धेरै तिव्र गतिमा उड्थ्यो ।’

तर युएइमा प्राकृतिक दुबोकै मैदान हुने भएकाले नेपालमा जस्तो समस्या नहुने उनको तर्क थियो ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया